काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ। इस्तानबुल बसाक्सेरको मैदानमा सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमसँग २–१ गोलको पराजय भोगेको हो। यता बसाक्सेरको जितका लागि डेम्बा बा र इडिन विस्काले १–१ गोल गरे। २ गोलले पछि परेको अवस्थामा युनाइटेडका एन्थोनी मार्सलले गोल गरे पनि खेलमा फर्कन सकेन।…