मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेन्‍नईको सहज जित, पन्जाब समूह चरणबाटै बाहिर

चेन्‍नईको सहज जित, पन्जाब समूह चरणबाटै बाहिर


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत किङ्स इलाभेन पन्जाब समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब समूह चरणबाट बाहिरिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले जितका लागि दिएको १५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १५४ रन बनायो । चेन्‍नईका लागि रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले । 

४९ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ६२ रनको योगदान गरे । त्यस्तै फाफ डू प्लेसिसले ४८ रन बनाउँदा अम्बाती रायडुले ३० रन बनाए । 
बलिङतर्फ पन्जाबका लागि क्रिस जार्डानले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । पन्जाबका लागि दीपक हुड्डाले अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ६२ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २९ रन बनाउँदा मयंक अग्रवालले २६ रनको योगदान गरे । 

बलिङतर्फ चेन्नईका लागि लुङ्ली एन्गिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुर, इमरान ताहिर र रवेन्द्र जडेजाले समान एक–एक विकेट लिए । आजको खेलमा पराजित भएसँगै पन्जाब समूह चरणबाटै बाहिरिएको छ । पन्जाबले १४ खेलबाट १२ अंक जोडेको छ । चेन्नईले पनि १४ खेलबाट १२ अंक जोडेको छ ।