डडेलधुरामा सम्पन्न दशौँ राष्ट्रिय भलिबल छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा अछाम प्रथम भएको छ । दार्चुलालाई पराजित गर्दै उपाधि जितेको अछामले ३२ वर्षपछि पुनः ऐतिहासिक सफलता हासिल गरेको हो । यस क्षेत्रका खेलकुद सरोकारवालाहरूले अछामको यो जितलाई भलिबल खेलको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । लामो समयपछि भलिबलको उपाधि जित्दै अछामले आफ्नो खेलकुद इतिहासमा…