मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल : दिल्ली तेस्रो स्थानमा झर्यो, हैदरबादसँग ८८ रनले पराजित

आईपीएल : दिल्ली तेस्रो स्थानमा झर्यो, हैदरबादसँग ८८ रनले पराजित

सुदूर आज

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ । राति भएको खेलमा सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ । यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।