भारतको पिथौरागढ जिल्लाको गर्बाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ। शुक्रबार उद्घाटन गरिएको कुल ८० किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नाविढांग क्षेत्रमा पर्दछ। गर्बाधार-लिपुलेक सडकलाई रणनीतिक महत्त्वको परियोजनाका रुपमा लिएको छ। सडक निर्माण भएसँग भारतको उत्तराखण्डसँग चीन जोडिएको छ। सडक निर्माण भारतको बोर्डर रोड…