मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका विभिन्न स्वास्थ्य संस्थामा आईपासद्धारा स्वास्थ्य सामाग्रीहरु वितरण

सुपका विभिन्न स्वास्थ्य संस्थामा आईपासद्धारा स्वास्थ्य सामाग्रीहरु वितरण


अछाम । आईपास नेपालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड) १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य संसथामा स्वास्थ्य सामाग्ी वितरण गरेको छ ।

स्वास्थ्य कार्यालय अछामको समन्वय तथा सहकार्यमा पालिका स्थित स्वास्थ्य संस्थाहरु तथा अस्पतालमै पुगेर हस्तान्तरण सामाग्री गरेको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका अन्र्तगत रहेको वारला स्वास्थ्य चौकी, तुर्माखाँद गाउँपालिका अन्र्तगत रहेको तुर्माखाँद स्वास्थ्य चौकी, रामारोशन गाउँपालिका अन्र्तगत रहेको शान्तडा स्वास्थ्य चौकी, बान्नीगढी जयगढ गाउँपालिका अन्र्तगत जयगढ स्वास्थ्य चौकी, मेल्लेख गाउँपालिकाको मेल्लेख स्वास्थ्य चौकी र चौरपाटी गाउँपालिका अन्र्तगत पायल स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रका साथै अछाम अस्पताल मंगलसेन र बयालपाटा अस्पतालमा स्वास्थ्य सामागी्रहरु हस्तान्त्ररण गरिएको आईपास नेपालका कलस्टर कोर्डिनेटर उपेन्द्र ब. कुँवरले जानकारी दिए ।

नेपाल सरकारको आह्वान एवं स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको समन्वय र समाज कल्याण परिषदको स्विकृतिमा आईपास नेपालले कम्पलिट पि.पि.ई.सेट, वाटर एण्ड एअर एप्रोन सेट, आई गगल्स, सर्जिकल डिस्पोजेवल क्याप, के.एन ९५ माक्स, फेस सिल्ड, शु—कभर्स, सर्जिकल स्ट्रायल ग्लोप्स, युटिलिटि ग्लोप्स, सर्जिकल माक्स, डिस्पोजेवल ग्लोप्स, ह्याण्ड सेनिटाइजर, हात धुने साबुन –एन्टिवेक्ट्रीयल, रेक्जिन, भाइरेक्स, साइडेक्स,एम.ए औषधी र यु.पि.टि किट हस्तान्तरण गरेको हो ।

कोभिड १९ को महामारीको बेला आईपास नेपालले दिएको स्वास्थ्य सामाग्रीहरुले संक्रमण तथा रोकथाममा निकै सहयोग पुग्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङगानाले बताए । यस्तै ८ जना संक्रमित रहेको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले महामारीको बेला प्राप्त भएको स्वास्थ्य सामाग्रिले गाउँपालिका तथा स्वास्थ्य चौकीलाई निकै सहयोग हुने बताए ।

तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले पनि स्वास्थ्य सामाग्रीहरुले वडा स्तरमा रहेको स्वास्थ्य चौकीलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहजता हुने धारणा व्यक्त गरे । कोरोना भाईरस कोभिड १९ ले अछाम जिल्ला पनि अछुतो नरहेका बेला बयालपाटा अस्पताललाई प्राप्त भएको स्वास्थ्य सामाग्रीहरुले अस्पताललाई संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले बताए ।

त्यस्तैे महामारीको बेला प्राप्तस्वास्थ्य सामाग्रीले कार्यरत स्वास्थ्य कर्मीहरुलाई काम गर्न सहज हुने बताए स्वास्थ्य चौकी पायलका ईन्चार्ज विष्णु जोशीले बताए । आईपासले सुदुरपश्चिम प्रदेश तथा प्रदेश अन्र्तगतका बाजुरा, डडेल्धुरा, डोटी जिल्लाहरुमा स्थित विभिन्न अस्पताल, प्रा.स्वा. केन्द्र र स्वास्थ्य चौकी लगायत महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई सोही स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको आईपास नेपालका प्रदेश संयोजक शंकर सिंह धामीले जानकारी दिएका छन् ।