बझाङ – जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो। गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो भरियन्टको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए…