मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका ३ वडामा कृषकलाइ आलुको बिउ वितरण

मेल्लेखका ३ वडामा कृषकलाइ आलुको बिउ वितरण


अछाम : जिल्लाको मेल्लेख गाउपालिका केहि वडामा कृषकलाइ कार्यालय सामग्री र आलुको बिउ वितरण गरिएको छ। पालिकाको वडा न १, २ र ३ मा बचत समुह लाई लागि उक्त सामाग्री रआलुको बिउ सहयोग गरिएको हो।

ति वडामा गठन गरिएका ७ वटा रुपान्तरण का लागि बचत समुह र १० जना कृषक लाई सामाग्री र आलुकाे बीउ सहयोग गरिएको बताईएको छ।

वाक नेपाल र वल्र्ड भिजन काे साझेदारीमा संचालित उत्थानशिल जिविका पार्जन तथा पाेषण परियाेजना अन्तगर साे सामाग्री सहयोग गरेकाे हाे।

वडा न १,२ र ३ गठन गरिएका ७ वटा बचत समूह लाई प्रति समुह ९ हजार ९ सय ६ रुपैयाँ बराबरको सामग्री सहयोग गरेकाे परियोजनाले जनाएको छ।

यस्तै मेल्लेख वडा न १,२ ऋषिदह का ८ जना र वडा न ३ ठाटि का २ जना गरि १० जना विपन्न परिवारका कृषक हरुलाई १० हजार ८सय ७ बराबरको आलुको बीउ सहयोग गरेकाे वाक नेपाल का फिल्ड अधिकृत निरन्जना पनेरुले बताए।

साे सामग्री रआलुको बीउ सहयोग बितरणमा वडा न १ का वडा अध्यक्ष तुले धामि, वाक नेपाल सामाजिक परिचालक कबिता साउद, भुपेन्द्र भण्डारी लगायतको सहभगिता रहेको थियाे ।