काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेकाे छ । शुक्रबार थप दुई हजार एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ३७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६८ हजार एक सय २९ पुगेको छ । …