मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा १६ सयभन्दा बढी सक्रिय संक्रमित, १५ जना आईसीयूमा

सुदूरपश्चिममा १६ सयभन्दा बढी सक्रिय संक्रमित, १५ जना आईसीयूमा


धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त हुनेको संख्या ८ हजार ५७१ पुगेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाबाट ८६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। 

निर्देशनालयका अनुसार कैलालीबाट ८१, कञ्चनपुरबाट ४, डडेल्धुराबाट १ जना कोरोना जितेर घर फर्किएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ८ हजार ५ सय ७१ पुगेको हो। 

सबैभन्दा बढी कैलालीबाट ३ हजार ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। अछामबाट एक हजार ९१, बैतडीबाट ४ सय ५९, बझाङबाट ४ सय ७१, बाजुराबाट ४ सय ५१, डडेल्धुराबाट ३ सय ७६, दार्चुलाबाट ७२, डोटीबाट १ हजार १ सय ९८, कञ्चनपुरबाट १ हजार १५ जना कोरोना संक्रमण मुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। नौ जिल्ला रहेको प्रदेशको कैलालीमा सबैभन्दा बढी ६ सय ७८ जना कोरोनाका संक्रिय संक्रमित छन्।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अछाममा ९३, बैतडीमा ५०, बझाङमा २ सय ११, बाजुरामा १८, डडेल्धुरामा ८५, दार्चुलामा २ सय १०, डोटीमा र कञ्चनपुरमा १२३÷१२३ जना कोरोनाका संक्रिय संक्रमित छन्।

सुदूरपश्चिम प्रदेशमा हालसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

निर्देशनालयका अनुसार बझाङमा ३, अछाममा २, बाजुरामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बैतडी, डडेल्धुरा, दार्चुला, डोटी र कञ्चनपुरमा १÷१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा १ हजार १ सय २२ जना कोरोना संक्रमित होम आईसोलेसनमा रहेका छन् । प्रदेशमा रहेका कुल संक्रमितमध्ये १५ जना आईसियुमा रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

प्रदेशको अछाममा १९ जना, बैतडीमा ८ जना, बझाङमा ४२ जना, डडेल्धुरामा १ सय ८० जना, दार्चुलामा ५ जना, डोटीमा ६३ जना, कैलालीमा ५६ जना र कंचनपुरमा १ सय १६ जना आईसोलेसनमा बसेका निर्देशनालयले जनाएको छ । प्रदेशका बिभिन्न जिल्लामा १ सय आईसोलेसन स्थान रहेको छ भने २ हाजर ३ सय ९३ जना आईसोलेसन बेड रहेका छन् ।