लक्ष्मीप्रसाद देवकोटा ।। क ।। “आमा खै बा ! काँ जानुभो ?” त्रस्त जिज्ञासाले नरमाएकी पानीदार बाललोचनले बाबुको विषादमय आँखाको मुटुतिर ताकेर, सानी, मीठो तोते बोल्ने ताराले सोाधिन् । आकाशको कालो बादल १/ थोपा बरबर भएर रोकियो । झिलिक्क बिजुली चम्क्यो । झन् दोब्बर अन्धकार भयो । घरर्र नभस्तल गड्गडायो । वर्षाकालका दिन थिए । सहसा…