मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने (विज्ञप्ती सहित)

मंगलसेन नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने (विज्ञप्ती सहित)


कमल रावल, चैत १६ अछाम

मंगलसेन नगरपालिकाले बिश्व समुदाय लगाएत नेपालमा चुनौतीको रुपमा अघि बढिरहेको कोरोनाभाईरसको संक्रमणको जोखिमलाई कम गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

नगरपालिकाले संक्रमण रोकथाम तथा भैपरि आउने समस्यालाई सामाधानका लागि कोष स्थापना, क्वारेन्टाईन स्थापना, हेल्थ डेष्क, जन चेतना, प्रचारप्रसार गरिरहेको बिज्ञप्ती मार्फत जानकारी गराउदै यसका लागि जनप्रतिनीधी, राजनितिकर्मि, स्वास्थ्यकर्मि, शिक्षक, कर्मचारी, संञ्चारकर्मि, सुरक्षाकर्मि लगाएत आम नागरिकको ठुलो भुमिका रहेकाले सबैलाई एक भएर अघ बढ्न अनुरोध गरिएको छ ।

नगर प्रमुख पदम बहादुर बोहराद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत देशमा अभाब भएजस्तै नगरपालिकामा पनि पिपिई तथा सेनिटाईजर जस्ता सामाग्री बिना नै स्वास्थ्यकर्मि हेल्थ डेष्क, क्वारेन्टाईन र स्वास्थ्य संस्थामा अहोरात्र खटिरहेकाले नगरपालिका सबै स्वास्थ्यकर्मिलाई धन्यवाद दिदै आवश्यक सामाग्री उपलब्ध गराई स्वास्थ्यकर्मिलाई सुरक्षित बनाउनका लागिसक्रियता पुर्वक लागिरहेको भनिएको छ ।

साथै आगामि दिनमा स्वास्थ्यकर्मिको शाहस र सेवालाई उर्जाशिल र समर्पित बनाउन नगरपालिका प्रोत्साहन स्वरुप उचित जोखिम भत्ता उपलब्ध गराउने समेत बताईएको छ । मंगलसेन नगरपालिकाका क्वारेन्टाईनमा बसिरहेका सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेकाले घर परिवारलाई नआत्तिन र चिन्तित नहुन समेत भनिएको छ ।