मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका तीन स्थानमा प्रयोगशाला स्थापना गरिने : अर्थमन्त्री बोहरा

सुपका तीन स्थानमा प्रयोगशाला स्थापना गरिने : अर्थमन्त्री बोहरा


चैत्र १६  साँफेबगर अछाम

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बाेहराले एक हप्ता भित्र सुदूरपश्चिमको प्रादेशिक सेति अञ्चल अस्पतालमा कोरोना भाईरसको जाँचको लागि प्रयोगशाला स्थापना हुने बताउनुभएको छ ।  अर्थमन्त्री मन्त्री वोहारले प्रयोगशाला स्थापनाको लागि संघ सरकारलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले संघ सरकारले केही दिनमा प्रयोथशालाको लागि चाहिने आवश्यक सामग्रि उपलब्धता गराउने प्रतिवद्धता जनाएको पनि जानकारी दिनुभयो । यस्तै मन्त्री वोहराले सेति अञ्चल अस्पतालपछि डोटी र वैतडीमा पनि चाँडै प्रयोगशाला स्थापना गरिने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको रोकथामको लागि ४० करोडको कोष पनि स्थापना गरेको जानकारी दिनुभयो ।

मन्त्री वोहराले  कोरोना भाईरसको अवस्थाका वारेमा सुदूरपश्चिम प्रदेशका नौ वटै प्रमुख जिल्ला अधिकारी, समन्वय समितिका प्रमुखसँग छलफल गर्दै आएको बताउनुभयो । कोरोना भाईरसको रोकथामको लागि चाहिने आवश्यक औषधीदेखि उपकरण एक दुई दिनमा प्रत्येक जिल्लामा पठाईने जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारले प्रदेशमा खाद्यन आपूतिको लागि छलफलमा रहेको बताउँदै चाँडै राहतको कार्यक्रम घोषणा गरिने पनि जानकारी दिनुभयो  । मन्त्री वोहराले भारतबाट आएर विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई पनि चाँडै स्वदेश ल्याउने बताउनुभयो ।

यस्तै सोही कार्यक्रममा कुराकानी गर्दै प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले कोरोना भाईरस जोखिमको न्यूनिकरणको स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीसँग आफू निरन्तर रुपमा छलफल रहेको जानकारी दिनुभयो । उहाँले कोरोना भाईरस वारेमा जिल्लाबासिलाई नआत्तिन आग्रह गर्दै तर सजकता अपनाउन आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य कुँवरले जिल्लामा देखिएको औषधिदेखि आवश्यक उपकरणको लागि प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग छलफल गर्दै पनि जानकारी दिनुभयो ।

भारत लगायत अन्य देशबाट आएका नागरिकलाई सरकारले जारी गरेको लक डाउनदाई पूर्ण पालना गर्दै १४ दिनसम्म सुरक्षित रुपमा  होम क्वारेन्टाईनमा बस्न आग्रह गर्नुभयो । दुई हप्ता सेल्फ क्वारेन्टाईनमा बस्न, सावुन पानीले बेला बेलामा हात धुन, मास्कको प्रयोग गर्न, खोक्दा हाछ्यु गर्दा कुहिनो वा रुमालले छोप्न उहाँले सम्पूर्णमा आग्रह गर्नुभयो । उहाँले केही समस्या देखिएमा आफूलाई सम्कर्प गर्न समेत अछामवासिमा आग्रह गर्नुभयो ।