मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान

स्वास्थ्यकर्मीले ढुक्क साथ काम गर्नु सकुन भनेर पिपिई प्रदान गरिएको : नगर प्रमुख कुवँर


पूर्ण बहादुर खड्का, १६ चैत्र, अछाम /

साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई व्यक्तीगत सुरक्षा उपकरण (Personal Protective Equipment) पिपिई प्रदान गरेको छ ।

देशभरी बिना सुरक्षा सामाग्रीमा स्वास्थ्यकर्मीहरुले ककाम गरिरहेका बेला नगरप्रमुख कुलबहादुर कुवँरको नेतृत्वमा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान गरिएको हो ।

प्रति सेट १८ हजार पर्ने २ लाख ७० हजार बराबरका १५ वटा पिपिई सेट नगर प्रमुख कुवँरले अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनलाई हस्तान्त्रण गर्नुभएको थियो ।

देशभरी नोभेल कारोना भाईरसको संत्रास भईरहेका बेला स्वास्थ्यर्मीलाई पनि पिपिई बिना अस्पतालमा काम गर्न असुरक्षित हुने भएकाले १५ वठा पिपिई सेट प्रदान गरिएको नगर प्रमुख कुवँरले बताउनु भयो ।

भारत तथा अन्य मुलुक संगै काठमाण्डौँ बाट पनि अछाम भित्रिनेको संख्या बढी भएकाले जिल्ला कोरोनाको उच्च जोखिममा भएको अवस्थामा स्वास्थ्यकर्मीले पनि आफ्नो व्यक्तीगत सुरक्षाका साम्रागी प्रयोग गरि कोरानाको लक्षण देखिएका, संका लागेका, क्वारेण्टाईनका बसेका तथा आईश्वलेसनमा रहेका बिरामीलाई उपचार गर्न सहज होस भन्ने हेतुले पिपिई सेट उपलब्ध गराईएको नगर प्रमुख कुवँरको भनाई छ ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बयालपाटा अस्पतालले नोभेल कोरोना भाईरस कोभिड १९ को संक्रमण भित्रिन र फैलिन नदिन स्वास्थ्यकर्मीलाई खटाईरहेको अवस्थामा पिपिईको आवश्यक्ता खट्किरहेका बेला नगरपालिकाले सहयोग गरेको धन्यबाद ज्ञापन गर्नुभयो ।

यो बेला देशभर पिपिईको अभावमा पनि स्वास्थ्यकर्मीहरु खटेर स्वास्थ्य सेवा प्रदान गरिरेहका निर्देशक गौचनले उल्लेख गर्नुभयो ।