मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवासीका पीडा प्रती प्रदेश सरकार गैरजिम्मेवार : युवा नेता तिमिल्सैना

प्रवासीका पीडा प्रती प्रदेश सरकार गैरजिम्मेवार : युवा नेता तिमिल्सैना

भारतमा अलपत्रमा परेका नागरिकलाई उद्दार गर्ने दायित्व सरकारको : कांग्रेस सहसचिव तिमिल्सैना


अछाम – नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले भारतमा अलपत्रमा परेका सबै नागरिकलाई उद्दार गर्ने दायित्व सरकारको भएको औल्याएका छन् ।

तिमिल्सैनाले भारतमा बस्ने दाजु भाइको आर्थिक अवस्था उनिहरुले ज्यालामजदुरी गरेर कमाएको पैसामा निर्भर भएकाले उनिहरुले भारत जानुपर्ने र समय समयमा घर आउनुपर्ने बाध्यता भएको बताएका छन् ।

युवा नेता तिमिल्सैनाले समाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन् भारतमा बस्नेहरु मध्ये होटेल, रेस्टुरेन्ट बन्द भएपछि त्यहा कामगर्नेहरु अलपत्र परेका छन् ।

उनिहरु घरपरिवारको चिन्ताले घर फर्किन चाहान्छन् र घर फर्किन पाउनु उनिहरकोे अधिकार हो भन्दै तिमिल्सैनाले सरकारले भारतमा डर त्रासका बिच रहेका आफ्ना नागरिकलाई त्यहाँको सरकार संग समन्वय गरेर उद्दारका लागि पहल गुर्नपर्ने उल्लेख गरेका छन् ।

भारतका मुम्बै लगायतका स्थानमा अलपत्र परेका र घर आउने चाहना भएका नागरिकलाई अनिवार्य चौध देखि सत्र दिन क्वारेन्टाइनमा राख्ने गरि स्वदेश फर्काउनुको विकल्प छैन तिमिल्सैनाले भनेका छन् ।

भारतमा अलपत्र पर्ने मध्य सुदुरपश्चिमबासी हरुको संख्या अरु भन्दा बढी छ, तर अहिलेसम्म सुदुरपश्चिम प्रदेश सरकारले भारतमा अलपत्र आफ्ना प्रदेशबासीका सम्बन्धमा कुनै चासो चिन्ता नलिनु निकै दुख लग्दो कुरा भएको तिमिल्सैनाको भनाई छ ।

प्रदेश सरकार प्रवासिका पीडा प्रती गैरजिम्मेवार देखियको भन्दै तिमिल्सैनाले भारतका विभिन्न स्थानमा अलपत्र नागरिकलाई उद्दार गर्नका लागि संघिय र प्रदेश सरकारलाई सबैले दबाब दिन आग्रह गरेका छन् ।