अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धानहरूले देखाएका छन्। विश्व मुस्कान दिवसको अवसरमा मुस्कानको फाइदाहरू जानौँ।१.मुस्कानले तनाव कम गर्छ।मुस्कानले मानिसको तनाव कम गर्छ। तपाईँ तनावमा भएको समयमा जानी नजानी मुस्कुराउने कोसिस गर्नुहोस्। यसले तपाईँको मुड र अनुभव…