मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भलिबलको प्रदेश स्तरिय छनोट खेलमा अछाम फाईलन प्रबेश

भलिबलको प्रदेश स्तरिय छनोट खेलमा अछाम फाईलन प्रबेश


अछाम । धनगढीमा जारी प्रदेश स्तरिय पुरुष भलिबलको छनोट प्रतियोगितामा अछाम फाईनल प्रबेश गरेको छ ।

कञ्चनपुरसंग भएको सेमिफाईनल खेलमा जित निकाल्दै अछाम फाईनल प्रबेश भएको हो ।

बेष्ट फाईब अन्र्तगत भएको म्याचमा अछामले पहिलो, चौँथो र अन्तिम खेलमा जित निकालेर फाईनलका लागि सिट सुरुक्षित गरेको हो । कञ्चनपुरले दोश्रो र तेश्रो सेटमा जित निकाले पनि अन्तिम खेलमा भने पराजित भयो ।

अछामले बझांग, कैलाली र कञ्चनपुरलाई पराजित गर्दै फाईनल प्रबेश भएको अछाम खेलकुद विकास समितीका कार्यालय प्रमुख हर्क बहादुर साँउदले जानकारी दिए ।

अछामले उपाधीका लागि बिहिबार भोली हुने फाईनल खेलमा डोटी संग प्रतिष्पर्धा गर्नेछ ।