मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका बाढी पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारको १३ लाख बढी आर्थिक सहयोग

अछामका बाढी पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारको १३ लाख बढी आर्थिक सहयोग


अछाम : सुदूरपश्चिम प्रदेश सरकारले अछाम जिल्लाका बाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । प्रदेश सरकारले जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाँउपालिकाका बाढी पहिरोबाट मृत्यु भएका परिवार र आफन्तलाई आर्थिक सहयोग गरेको हो ।

प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलल सहितको टोलीले बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन सहित पिडित परिवारलाई आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

प्रदेश सरकारले एक जना मृत्यु भएका परिवारका लागि राहत स्वरुप १ लाख र क्रिया खर्च २० हजार गरेर २ परिवारका लागि २ लाख ४० हजार र २ जना भन्दा बढी मृत्यु भएका परिवारका लागि २ लाख राहत र २० हजार क्रिया खर्च गरेर हजार ५ परिवारका ११ लाख रकम हस्तान्त्ररण गरिएको प्रजिअ मरासेनीले बताए ।

अछाम जिल्लामा पहिरोल धेरै क्षति पुगाएको भन्दै राहत बितरण गर्न पुगेका मख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाडै पुर्नस्थापनका गरिने बताए । अहिले बाटाघाट सबै बन्द भएकाले राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन नसकेको बताउदै मुख्यमन्त्री भट्टले सडक सञ्जाल मर्मत गरेर सामग्री बनाउने पठाउने बताए ।

पहिलो चरणमा प्रारम्भीक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर आईपुगेको बताउदै पहिरो पिडितका लागि थप राहतको प्याकेज ल्याउने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावलले बताए । बिपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउदै सबैले पिडामा महलम लगाउन हातेमाले गर्नुपर्ने समेत उनले बताए ।