कर्णाली प्रदेश

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए । उनले भने, सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ रु, को आउँछ रु अनि को जान्छ रु थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० वर्षमाथिका ७५ प्रतिशतले चलाउँछन् मोबाइल : संयुक्त राष्ट्रसंघ
एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
आज विश्व एड्स दिवस मनाईँदै
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय