धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि हल्का ज्वरो आएपछि शनिबार उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिरिआर गरिएको थियो । हिजै बेलुका आएको रिपोर्टअनुसार उनमा संक्रमण पुष्टि भएको सभामुखको सचिवालय जानकारी दिएको छ । सचिवालयका अनुसार सभामुख थापा अहिले होम आइसोलेसन छन् ।