मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ महिनाको अवधिमा १८५३ सवारी कारबाहीमा, ११ लाख बढी राजस्व संकलन

५ महिनाको अवधिमा १८५३ सवारी कारबाहीमा, ११ लाख बढी राजस्व संकलन


अछाम : जिल्लामा सवारी साधनको कारबाही बाट ५ महिनाको अवधिमा ११ लाख बढी राजस्व संकलन भएको छ । यस आर्थिक बर्षको श्रावण देखि मंसिर महिना सम्मको तथ्यांक अनुसार ११ लाख ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय साँफेबगरले जनाएको छ ।

जिल्लामा कारबाहीमा परेका बस, ट्रक, जिप, ट्याक्टर, मोटरसाईकल र अन्य गरी ५ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय साँफेबगरका देवेन्द्र खड्काले बताए ।

खड्काका अनुसार ट्राफिक नियम बिपरित चलेका सवारी साधनको कारबाहीबाट श्रावण महिनामा १ लाख ७३ जार ५ सय, भाद्र महिनामा १ लाख ६ हजार, असोज महिनामा २ लाख ६७ हजार ५ सय, कार्तिक महिनामा ३ लाख २६ हजार र मंसिर महिनामा २ लाख २७ हजार ५ सय राजस्व संकलन भएको छ ।

श्रावण महिनामा २ सय ७३, भाद्र महिनामा १ सय ८२, असोज महिनामा ४ सय ६१, कार्तिक महिनामा ५ सय ६७ र मंसिर महिनामा ३ सय ७० गरी १८ सय ५४ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् ।

सबैभन्दा बढी कार्तिक महिनामा र सबैभन्दा कम भाद्र महिनामा सवारी साधन कारबाहीमा परेर उक्त राजस्व संकलन भएको हो । गत आर्थिक बर्षमा ३८ सय ५७ सवारी साधन कारबाहीमा परी २२ लाख ४७ हजार ५ सय राजस्व संकलन भएको थियो ।

११ सवारी दुर्घटना, ३ को मृत्यु

यस्तै ५ महिनाको अवधिमा अछाममा विभिन्न सवारी साधन गरी ११ वटा सवारी दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ जना पुरुषको मृत्यु भएको छ । ४ पुरुष र २ महिला गरी ६ जना सक्त घाईते भएका छन् ।

गत आर्थिक बर्षमा १७ सवारी दुर्घटनामा परी ५ पुरुष र २ महिला गरी ७ जनाको मृत्यु भएको थियो भने ३ जना पुरुष सक्त घाईते भएका थिए ।