मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशन भलवारीमा सुरु

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशन भलवारीमा सुरु


कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले उद्घाटन गर्ने

बुटवल । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशन आज बुधबारबाट सुरु भएको छ । नेपाल जेसिजको आयोजना तथा भलवारी जेसिजको आथित्यतामा महाधिबेशन सुरु भएको हो ।

महाधिबेशनको नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुधबार सुरू भएको राष्ट्रिय महाधिवेशन शनिबार सम्म चल्ने नेपाल जेसिजका राष्ट्रिय महासचिव जेसी टेकराज रेग्मीले बताए ।

नेपाल जेसिजले भलवारी जेसिजको आतिथ्य शाखा बर्ष २०२० का अध्यक्ष जेसी चिरञ्जीवी बस्यालको अध्यक्षतामा हुने महाधिवेशनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । बर्ष २०२१ का लागि अध्यक्ष पदमा ७ जनाको उम्मेद्धवारी परेको छ भने कार्यकारिणी उपाध्यक्ष र उपाध्इक्ष गरी ६७ जनाले उम्मेदवारी दर्ता गराएकोमा ८ जनाले फिर्ता लिएका छन् ।

नेपाल जेसिजका देशरभरीमा १५७ शाखा रहेको छन् । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि भलवारीमा भेला हुने अनुमान गरिएको छ ।

जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल युवा नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ ।