काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ । मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयले…