काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएकाे छ। बिहीबार बालुवाटारमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा पार्टी उपाध्यक्ष…