मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरायसी बिवादका कारण श्रीमान्द्धारा श्रीमतीको हत्या

घरायसी बिवादका कारण श्रीमान्द्धारा श्रीमतीको हत्या


अछाम – अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देबी कुँवरको बुधवार(आज) दिउसो १२ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी बिवादका कारण कँुवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनाको अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।