काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने भएको छ। सातजना केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि डाकिएको बैठक स्थगित गरी २५ गतेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय सदस्यहरुमा संक्रमण देखिएपछि २२ असोजसम्म कांग्रेसको केन्द्रीय कार्यालय बन्द गरिएको छ। काठमाडौंमा गरिएको परीक्षणमा पाँचजना र…