मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस क्षेत्र नं. १ मा असोज २५ गते भित्र क्रियाशिल सदस्यता भरेर बुझाईसक्नुपर्ने

कांग्रेस क्षेत्र नं. १ मा असोज २५ गते भित्र क्रियाशिल सदस्यता भरेर बुझाईसक्नुपर्ने


अछाम ।

नेपाली काङगे्रस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सकिएको छ । क्षेत्रीय सभापती कृष्ण बुढाकाको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं १ का पालीकाहरुमा क्रियाशिल सदस्यताका लागि फारमहरु पालीका कार्यसमीतीका सभापतीलाई हस्तान्त्रण गरिएको छ ।

क्रियाशिल सदस्यता फारमहरु भरी तथा पुराना सदस्यताहरु नबिकरण गरी असोज २५ गते क्षेत्रीय कार्यसमीतीलाई बुझाउन निर्देशन गरिएको छ । बैठकले साफेबगर नगरकार्य कार्यसमितिका सभापती गोकुल भाटलाई १२ सय ७ चौरपाटी गाउँपालीका कार्यसमितिका सभापती गणेश शाहलाई ४ सय ८४, बान्नीगढी जयगढ गाउँपालीका कार्य समितिका सचिव सुरत रावल लाई ४ सय २२ मेल्लेख कार्यसमितिका संयोजक पदम बहादुर खड्कालाई ३ सय ९० र रामारोशन गाउँपालीका कार्यसमितिका सभापती नन्दराम भण्डारीलाई ३ सय ९२ क्रीयाशिल सदस्यता फारमहरु हस्तान्तरण गरेको छ ।

नयाँ क्रीयाशिल सदस्यताका लागि वडा कार्यसमीतीको बैठक बसी सिफारिस थप सदस्यता क्षेत्रिय कार्यसमीतीमा पेश गर्नु पर्ने निर्णय गरेको छ । यस्तै बैठकले नेपाली कांग्रेसका क्रीयाशिल सदस्यहरु साफेबगर नगरपालीका वडा नं ३ का इन्द्र सिह कुँवर , वडा नं १० का दिर्ध भाट, शाहुल प्रशाद भाट, वडा नं ९ की कलसी देबि कुवर र बान्नीगढी जगगढ गाउँपालीका ३ बर्दादेवीका नवराज साउद को निधन प्रती दु ख ब्यक्त गदै शोक प्रस्ताव पारित गरेको छ ।

चौरपाटी गाउँपालीका १ का बोन म्यारो रोग बाट ग्रसित लाल बहादुर शाहलाई १४ हजार ५० रुपैया आर्थिक सहयोग गर्ने समेत निर्णय गरिएको छ । बैठकमा पदेन सदस्य नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार, नेपाली कांग्रेस पुर्ब जिल्ला सभापती मेगराज खड्का, महासमीती सदस्य राजन कुँवर, पुर्ब महासमीती सदस्य टीकाराम खनाल, महादिबेसन प्रतीतीधी टंक्कर ताम्राकार, महासमीती अनुराधा स्वार लगायत नेपाली कांग्रेसका बिभीन्न वडा सभापतीको उपस्थीती रहेको थियो ।