मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली नेतृत्वको सरकारले संघियता कुण्ठित बनायो : कांग्रेस केन्द्रिय सदस्य पाण्डे

ओली नेतृत्वको सरकारले संघियता कुण्ठित बनायो : कांग्रेस केन्द्रिय सदस्य पाण्डे


बाजुरा – नेपाली काँग्रेसका केन्द्रयि सदस्य तथा निवर्तमान राष्ट्रियसभा सदस्य बद्री पाण्डेले केपी ओली नेतृत्वको सरकारले संघियता प्रतिनिष्ठा नदेखिएको आरोप लगाएका छन् । बुधबार नेपाल प्रेस युनियन बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाण्डेले ओली नेतृत्वको सरकारले प्रदेश र स्थानीय तहका अधिकार कुण्ठित गर्दै संघीयताको विरुद्ध कार्य गरेको बताए ।

जनताको बलिदानीपछि लामो संघर्षबाट बनेको संविधानसंगैको संघियता कार्यान्वय भन्दा संघीयतालाई ओली सरकारले कुण्ठित पार्दै गएको केन्द्रीय सदस्य पाण्डेले जिकिर गरेका छन । संघीयता भन्दा ओली सरकार केन्द्रीकृत रहेको पत्रकार सम्मेलनमा पाण्डेले भन्नुभयो ।

कोरोनाको महामारीमा भष्टाचार,कमिसनमा आरोप केन्द्रीय सदस्य पाण्डेले लगाउनु भएको छ । नेपाली काँग्रेस सरकारलाई गलत कार्य सुधार गर्न प्रयत्न रहने भन्दै उनले पाटी सभापति शेरबहादुर देउवाले विधान विपरित विभिन्न विभाग गर्नु गलत भएको बताए ।

पत्रकार सम्मेलनमा पाटीको विधान अनुसार ६ महिना भित्र विभाग गठन गर्नुपर्ने भएपनि अहिले महाधिवेशनको मुखमा आएर विभाग गठन गर्नु प्रक्रियागत रुपमा गलत भएको बताएका छन् । उनले महाधिवेशनपछि पाटीलाई मजबुत र बलियो बनाउनका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहेको पत्रकारलाई प्रतिक्रिया दिनु भएको छ ।

पाटीलाई एकता र समहतीको महाधिवेशन बनाउन युवाहरु नेतृत्वले दवाव पार्दै आएको केन्द्रीय सदस्य पाण्डेको भनाई रहेको छ । पत्रकार सम्मलेनमा पाटीको विधान अनुसार पाँच लाखको क्रियाशिल सदस्यता नविकरण र पाँच लाखलाई नयाँ क्रियाशिल सदस्यता वितरण गरिने पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य पाण्डेले जानकारी गराएका छन् ।

आसन्न महाधिवेशनमा कोरोना महामारीको बेला सावधान अपनाएर हुनेमा दुई मत नभएको केन्द्रीय सदस्य पाण्डेले दाबी गरेका छन । महाधिवेनशमा एकै पदमा नदोहोरिने र अब पदाधिकारीमा लड्ने पत्रकार सम्मेलनमा भनेका छन । उनले भने–‘आगामी महाधिवेशनमा सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्राम लिनुपर्छ पाण्डेले पाटीको आगामी महाधिवेशनपछि राष्ट्रिय राजनितिमा प्रभाव राख्ने प्रतिवद्धता जनाउनु भयो ।

पत्रकारले अहिले पाटीमा गुट उपगुट छ,भन्ने प्रश्नमा पाटीमा कुनै गुट उप गुट नभएको र पाटी भित्र कुनै मतभेद समेत नरहेको पाण्डेले स्पट पारेका छन् । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित, उपसभापति गोविन्द्र मल्ल, पाटी सचिव रनसिंह अयडी, महाधिवेश प्रतिनिधी जनक विक्रम सिंह, जिल्ला कार्य समिति सदस्य शेरबहादुर खाती, बडीमालिका नगरपालिकाका कार्यबहाक नगर प्रमुख रामबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह लगायत पत्रकारहरुको सहभागी रहेका थिए ।