काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद अन्त्य गर्न भन्दै बसेको आज (बिहीबार) को बैठक पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितको बैठक पनि कुनै टुंगोमा नपुगेर सकिएको हाे। यसअघि दुई अध्यक्षमात्रै छलफल गर्दै आएकामा आज वरिष्ठ नेता नेपाल पनि बैठकमा सहभागी भएका…