मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस संसदीय दलका नेता शाहीलाई कोरोना संक्रमण

कांग्रेस संसदीय दलका नेता शाहीलाई कोरोना संक्रमण


सुर्खेत- कर्णाली प्रदेशसभाकाे विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सांसद शाहीको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

‘दुइ दिनअघि स्वाब संकलन गरिएको थियो। हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आयो’, तिवारीले मंगलबार भने, ‘उहाँको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।’

कोरोना पुष्टि भएपछि उनी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन्।