काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ।’ अोलीले पुष्पलालको सांगठनिक राजनीतिक चाहना…