काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बोलाएको भेलामा सहभागी भएपछि सञ्चारकर्मीसँग कोइरालाले भने, ‘म देशैभरका साथीहरूलाई मिलाएर लैजान सक्छु। त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु।’ उनले महाधिवेशनको नजिकै पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई कारबाही गर्नु गलत भएको बताए। ‘हामी पार्टीमा…