६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । लकडाउनका कारण दैनिक ज्यालादारी…