प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्ने भन्दै सक्रियता देखाएका छन्। देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन्। आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी…