धनगढीः सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल माधवकुमार नेपाल समूहले खोलेको नयाँ पार्टीमा नजाने भएका छन्। विगतमा माधव समूहमै रहेका सुदूरपश्चिमका सांसदले आज दर्ता भएको नेकपा एमाले समाजवादी पार्टीमा तत्काल नजाने संकेत गरेका हुन्। पार्टीको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई जना सांसद मात्रै परेका छन्। डोटीका प्रेम आले र डडेल्धुराकी निरादेवी जैरु…