मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एमाले र माओवादीको छुट्टा छुट्टै कार्यालय संञ्चालनमा

अछाममा एमाले र माओवादीको छुट्टा छुट्टै कार्यालय संञ्चालनमा


अछाम : अछाम जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टि कार्यालयमा ब्यानर टाँस्दै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन ।

नेकपा एमाले हिजो बोर्ड राखेको थियो भने आज जिल्ला तहका नेता कार्यकर्ता सहभागी भएर औपचारिक कार्यक्रम सहीत नियमीत रुपमा पार्टीका कामकारबाही संञ्चालन गर्ने गरि कार्यालय खोलेका छन ।

गत पौष २८ गते अछाम जिल्लामा नेकपा दुईभागमा विभाजीत भएपछी प्रहरी केन्द्रबाट आयोग र अदालतको निर्णय नआएसम्म कसैको नहुने गरि प्रहरीले सुरक्षा दिईरहेको थियो । गत आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेसँगै दैनिक कामकारबाही गर्नेगरि प्रहरीबाट ताला चाबी बुझेको कार्यालय सचिव नमराज न्यौपानेले बताए ।

औपचारिक रुपमा कार्यक्रम सहीत पार्टि कार्यालय खोलेको नेकपा एमाले अछामको सो कार्यक्रममा पार्टिका संगठन विभाग प्रमुख तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, जिल्ला सचिवालय सदस्य चक्र रावल, भिम जनाला, चन्द्र बोहरा, भिम बहादुर रावल, सरिता उपाध्याय लगाएतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

यता नेकपा माओवादी केन्द्र अछामले नेता कार्यकर्ताको सहभागीतामा मंगलसेनमा पार्टिको ब्यानर स्थापना गरि कार्यालय राखेको छ । पार्टिले जिल्ला समन्वय समिती नजिकै पार्टिको ब्यानर राखेर कार्यालयका काम दैनिक जसो गर्ने गरि राखिएको जिल्ला सदस्य शिव बहादुर बोगटी बताए ।