कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ। कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ। निम्न विभिन्न अवस्थामा बिरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ। जस्तैः एक्सिडेन्टबाट अत्याधिक रतmस्राब भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई, सिकलसेल…