मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनाेद शाही मृत्यु प्रकरणले उग्र रुप लियो, इलाका प्रहरी कार्यालय अगाडि दैनिक प्रदर्शन

विनाेद शाही मृत्यु प्रकरणले उग्र रुप लियो, इलाका प्रहरी कार्यालय अगाडि दैनिक प्रदर्शन


अछामका १६ बर्षिय किशोर विनाेद शाही मृत्यु प्रकरणले विनायकमा उग्र रुप लिएको छ ।

२४ गते अाज पनि मृतकका अाफन्त तथा परिवारले विनायक बजारमा प्रदर्शनका साथै इलाका प्रहरी कार्यालय विनायक घेराउ गरेका हुन ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानकाे कुच्ची भीरमा २१ गते कालिकास्थानका विनाेद शाहीको शव रहस्यमय अवस्थामा फेला परेको थियो ।
मृतकका परिवारले घटनाको यथाशीघ्र अनुसन्धान गरि हत्यारा पत्ता लगाउन माग गर्दै विभिन्न अान्दोलन गर्दै अाएका छन ।
अछाममा १६ बर्षिय किशोर मृत भेटिए पछि पञ्चदेवल विनायक नगरपालिका तनावग्रस्त अवस्थामा छ ।

१७ गते साँझ चुनावको बिषयलाई लिएर अाफ्नै परिवार बिच द्वन्द सिर्जना भएको थियो । त्यही दिनबाट बेपत्ता भएका किशोर कुच्ची भीरकाे खाेचमा २१ गते बेवारिसे अवस्थामा भेटिएपछि हत्या गरेको भन्दै मृतकका परिवारले शव उठाउन दिएका छैनन ।

यसै बिषयलाई लिएर विनायक बजारमा प्रदर्शन हुनुका साथै मध्य पहाडी लोक मार्गमा आफन्तले चक्काजाम गदै आएका छन् ।

बिनाेद शाहीलाई न्याय दे,हत्यारालाई सार्वजनिक गर्,बिद्यार्थी मार्न पाइदैन्,प्रहरी प्रशासन मुर्दाबाद,प्रहरी हस्तक्षेप बन्द गर् नगर प्रमुख राजिनामा गर जस्ता नारा लगाउँदै चर्काे घाममा अाफन्त तथा मृतकका परिवारले अान्दाेलन गरिरहेका हुन ।

घटनामा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि संलग्न रहेको अाराेप लगाउँदै घटनाबारे स्थानीय प्रहरी प्रशासनले लापरबाही गरेको भन्दै उनीहरू आन्दोलित छन।

किशोर मृत भेटिएको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुरको समेत सहायता लगिएको छ ।

घटनाबारे अनुसन्धान गर्न सिआईविको टोली कमान्ड गरेर डिएसपी मनोहर भट्टको टोली समेत अनुसन्धानमा खटिएको छ ।

शाही मृत्यु प्रकरण अनुसन्धान लागि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे भर्खरै अछाम पुगेका छन ।