मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने


यदि तपाईं गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनुहुन्छ र त्यस क्रममा तपाईंका निजी जानकारीहरू लिक भएभने गुगलले त्यस विषयमा तपाईंलाई सचेत गराउनेछ ।

यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्ने तथा बलियो पासवर्ड राख्ने सल्लाह दिइनेछ ।

कम्पनीले Google System update v22.18 को अपडेट एन्ड्रोइड फोनका लागि २३ मे मा जारी गरेको हो । यो अपडेट गुगल प्ले सर्भिसको माध्यमबाट जारी गरिएको छ ।

गुगलले गुगल प्ले स्टोर खघण्।घ अपडेट पनि जारी गर्दै विभिन्न बगको समस्या समेत समाधान गरेको जनाएको छ ।

Google System update v22.18 को अपडेटमा सेक्योरिटी तथा प्राइभेसीमा विशेष ध्यान दिइएको छ । योसँगै पासवर्ड चेकअपको नयाँ भर्सन पनि थप गरिएको छ, जसले प्रयोगकर्ताको युजरनेम तथा पासवर्ड लिक भएमा अलर्ट जारी गर्नेछ । गुगल असिस्टेन्टले प्रयोगकर्तालाई अटो जेनेरेटेड पासवर्डको विकल्प पनि उपलब्ध गराउनेछ ।

साथै यो अपडेटसँगै प्रयोगर्ताले पहिलेको तुलनामा ब्राउजिङमा फास्ट अनुभव पनि गर्नेछन् । यसका अलावा नयाँ अपडेटमा प्ले पास तथा प्ले प्वाइन्ट प्रोग्रामलाई जोडिएको छ ।

गुगल प्ले सर्भिसका लागि नयाँ अपडेटसँगै एन्ड्रोइड अटो, एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याब, एन्ड्रोइड टिभी, भिआर अपरेटिङ सिस्टम तथा एन्ड्रोइड ट्याबको बग पनि फिक्स गरेको छ ।

स्मरण रहोस् हालै एप्पल तथा गुगलले डेभलपरहरुलाई एपको अपडेटका विषयमा चेतावनी जारी गरेका छन् । अपडेट नगरिएका एपहरुलाई एप स्टोरबाट हटाइने गुगल तथा एप्पलको चेतावनी छ ।

Pixalate को एक रिपोर्ट अनुसार एप्पलको एप स्टोर तथा गुगलको प्ले स्टोरमा रहेका करीब ३० प्रतिशत एपहरुलाई हटाउन सकिन्छ भने १५ लाख एपलाई प्रतिबन्ध लगाउन तथा सधैका लागि समेत हटाउन सकिने सम्भावना छ ।
एजेन्सी