अर्थ

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ  छ ।

राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ तलब छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु
धेरै कागती पानी शरीरका लागि किन हानिकारक?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
यस्ता छन् तुलसीको पातका  फाइदाहरू