नेपालमा प्रजातान्त्रिक विचारधारा र आन्दोलनको शुरुआत राणा शासनकालमा नै भएको हो । यसको विजारोपण १९९२ सालमा नेपाल प्रजा परिषद्को स्थापनासँगै भयो । स्थापनालगत्तै परिषद्का सदस्यहरूले सञ्चालन गरेको गोप्य अभियानले नेपाली समाजमा तरंग ल्यायो । टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री लगायत १९–२० जनाले राणाकालीन काठमाडौं जस्तो ठाउँमा पर्चा छरेर जनतालाई सजग…