मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामलाई शक्तीशाली पार्टीको रुपमा स्थापित गर्नु मेरो पहिलो प्राथमिक्ता : नेता शाही

कांग्रेस अछामलाई शक्तीशाली पार्टीको रुपमा स्थापित गर्नु मेरो पहिलो प्राथमिक्ता : नेता शाही

समाजसेवा गर्ने संकल्पका साथ राजनितिमा लागेको हुँ : महाधिबेशन प्रतिनिधीका उम्मेद्धार शाही


समाजसेवा गर्ने संकल्पका साथ राजनितिमा लागेको हुँ : महाधिबेशन प्रतिनिधीका उम्मेद्धार शाही

कांग्रेस नेता नम बहादुर शाही नेपाली कांग्रेस अछामको जिल्ला कार्य समितीका सचिव हुन् । २०३६ सालको जनमत संग्रहपछि राजनितिमा होमिएका नेता शाही तत्कालिन षोडशा माबीको ईकाई अध्यक्ष भएर कांग्रेसको राजनिति प्रारम्भ गरे ।

८ औँ महाधिबेशन पछि राजनितिमा सक्रिय हरेका शाहीलाई कांग्रेस अछामले मुल्यांकन गरेर २०४९ सालको स्थानियत तहको चुनावमा तत्कालिन जनालीवण्डालीको गाविस अध्यक्षको टिकट दियो । अध्यक्षमा जित हासिल गरेका शाहीले गाविसको शिक्षा, स्वास्थ्य, सड्क र खानेपानीका क्षेत्रमा बिशेष काम गरे ।

कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रिय सचिव, क्षेत्रिय सभापती हुदैँ पार्टीको १३ आँै महाधिबेशनको जिल्ला अधिबेशनमा जिल्ला सचिवमा निर्वाचित भए । सचिव निर्वाचित भएपछि पार्टीको संगठन विस्तार गर्न, बिद्यान सम्बत संचालन गरी पार्टी बलियो बनाउने संकल्पका साथ पार्टीको होल टाईमर कार्यकर्ताको रुपमा रहेको दावी गर्ने नेता शाहीले १४ औँ महाधिबेशनमा आफुलाई केन्द्रिय महाधिबेशन प्रतिनिधीका रुपमा अघि सारेका छन् । नेता शाही संग सुदूरआजले गरेको कुराकानी ।

सुदूरआजको कांग्रेसको १४ औँ महाधिबेशन केन्द्रित अन्र्तवार्ताको पाँचौँ श्रृखंलामा यहाँलाई हािर्दक स्वागत छ ।

धन्यवाद पूर्ण जि । सुदूरआज अनलाईन मार्फत मेरा केही भनाई राख्ने अवसर दिनुभएकोमा व्यक्तीगत रुपमा तपाई र सुदूरआज अनलाईन पत्रिकालाई धन्यवाद दिन चाहान्छु ।

सबै भन्दा पहिले यहाँको कांग्रेसमा राजनितिक यात्रा कसरी सुरु भयो, के का लागि भनेर यहाँले राजनिति सुरु गर्नुभयो बताई दिनुस न ?

म २०३६ सालमा षोडशा माध्यामिक बिद्यालय मंगलसेनमा बिध्यार्थी थिए । ३६ सालको जनमत संग्रह घोषणा भएपछि विभिन्न खालका कार्यक्रम आयोजना गरिन्थ्यो । बिशेष गरी त्यतिबेला पञ्च्यात रोज्ने वा बहुदल रोज्ने भन्ने नारा थियो । पञ्चायतका बिरुद्धमा बहुदलबादीहरु आन्दोलनमा होमिएका थिए । तत्कालिन षोडशा माध्यामिक बिद्यालयको प्रधानाध्यापकको रुपमा दर्नाका भिम बहादुर कडायत थिए । उहाँले हामीले राजनितिमा सक्रिय हुनुपर्छ र बहुदलको पक्षमा प्रचार प्रसार गर्नुपर्छ भनेर कुरा राख्नु भयो । त्यसै क्रममा म राजनितिमा होमिए । मलाई त्यति बेला थाह थिएन बहुदल भनेको के हो, निर्दल भनेको के हो ?

बुहदल भनेको कांग्रेस हो र निर्दल भनेको पञ्च्यात हो भन्ने सामान्य जानकारी मात्रै थियो । हामीले बहुदलका पक्षमा लाग्नुपर्छ र कांग्रेसलाई बलियो बनाउनु पर्छ भनेर लागेका थियौँ । २००७ सालमा बहुदलिय व्यावस्था स्थापना भईसकेपछि २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाईको बहुमत प्राप्त गरेपछि १७ सालमा तत्कालिन राजा महन्द्रले जनताबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर पञ्च्याती व्यावस्था लागु गरेको कुरा हामीलाई जानकारी भयो । र यो मुलुकमा प्रजातन्त्र स्थापना गर्नुपर्छ र बहुदलीय व्यावस्था लागु गर्नुपर्छ भनेर भन्ने चेतना आयो त्यसरी नै म राजनितिमा प्रबेश गरे ।

त्यतिबेला पार्टी भुमिगत अवस्थामा हुदाँ भुमिगत रुपमै पार्टी संगठन निर्माणमा संलग्न भईयो । र २०३६ सालको जनमत संग्रहताका मंगलसेन ईकाईको सभापतीको रुपमा मैले षोडशा माबीमा काम गरे । जिल्लाका बिभिन्न ठाँउमा लाग्ने मेलाहरुमा धेरै मान्छेहरुको उपस्थिती हुने ठाँउमा कार्यक्रम गर्ने प्रचलन थियो । बिनायक र गैरीटाँणमा भएका आमसभामा म सहभागी भएको थिँए ।

तत्कालिन अवस्थामा बिरपथ र जनाली बण्डाली एकै गाँउ पञ्च्यात थियो । बृख बहादुर शाही प्रधानपञ्च थिए । २०३६ को जनमत संग्रहमा त्यसबेलाको गैरीटाँढको काण्डलाई अहिले पनि चर्चित काण्ड भनेर भन्ने गरीन्छ । जहाँ पूर्व माननिय हाम्रो पार्टीको सभापती गंगबहादुर कुवँर पिटिनु भयो । त्यो बेला गैरीटाँडमा भएको बहुदलहरुको आमसभामा कार्यक्रमको अध्यक्षता गर्ने स्थानीय मान्छे समेत पाईएन । त्यसो हुदाँ मैले मेरो बुवालाई मनाएर कार्यक्रमको अध्यक्षता गर्न लगाएको थिँए । त्यपछि बुहदलले हारेपनि कांग्रेस पार्टीले बहुदलिय व्यावस्था स्थापना गर्न विभिन्न कार्यक्रम दिईरहन्थ्यो भुमिगत रुपमा ति कार्यक्रममा म निरन्तर रुपमा सहभागी हुदैँ आएँ ।

महाधिबेशन पार्टीको एउटा पर्व हो । त्यो पर्वले नेतृत्व चयन देखि संगठन निर्माण र पाँच बर्षका लागि नयाँ निति तथा कार्यक्रम तय गर्छ । मेरो प्राथामिक्ता अछामको वडा देखि जिल्ला सम्म कसरी सक्षम नेतृत्व कसरी चयन गर्ने र क्षमता भएको प्रतिभा जो लुकेर बसेको छ, जसले अवसर प्राप्त गरेको छैन् त्यसलाई कसरी उजागर गरी पार्टीको नेतृत्वमा ल्याउने भन्ने बिषयमा केन्द्रित छ ।

२०३६ सालमा राजनिति प्रबेश गरेपछि तपाईले कुन कुन तहमा रहेर काम गर्नु भयो ?

२०४६ सालको परिर्वतन पछि ४८ सालमा पहिलो आम निर्वाचन भयो । तत्कालिन अवस्थामा अछाम ३ वटा निर्वाचन क्षेत्रमा बिभाजित थियो । हामी २ नम्बरमा थियौँ । हाम्रो पार्टीको ८ औँ महाधिबेशन कालागाँउमा सम्पन्न भएको थियो । त्यसयता म निरन्तर क्षेत्रिय प्रतिनिधीको रुपमा रहदैँ आएको छु भने सबै महाधिबेशनमा मैले सक्रिय रुपमा भाग लिएको छु । ९ औँ महाधिबेनबाट म क्षेत्रिय समितीमा मनोनित भँए । १० आँै मा सचिव र ११ औँ मा क्षेत्रिय सभापती भएर काम गरे । १२ आँै महाधिबेशनमा पनि मैले जिल्ला सचिवमा उम्मेद्धारी दिँए । १३ औँ महाधिबेशनबाट जिल्ला सचिव पदमा निर्वाचति भँएर काम गरिरहेको छु ।

तपाई २०४९ सालमा तत्कालिन जनाली बण्डाली गाविसको अध्यक्ष पनि हुनु भयो त्यसबेला जनताले सम्झीने गरी यहाँले के के काम गर्नु भयो ?

४९ सालमा भएको स्थानिय निर्वाचनमा पार्टीले मलाई तत्कालिन जनाली बण्डाली गाविसको (हाल मंगलसेन ६ र ७) टिकट दियो । जनालीबण्डाली बासीले मलाई माया गरेर जिताउनु भयो । मैले आफ्नो ५ बर्षको कार्यकालमा विकास निर्माणका सन्र्दभमा अहिले जति पनि खानेपानीका संरचना निर्माण भएका छन् त्यसको जग मैले नै प्रारम्भ गरेको थिँए, त्यसको सुरुवात मैले गरेको थिएँ । त्यो बेला जनालीबण्डालीमा खानेपानीको निकै अभाव थियो अहिले त्यस्तो अवस्था छैन् । शिक्षाको क्षेत्रमा हामी संग एक मात्रै गंगा निमावी थियो, त्यसलाई माबी बनायौँ । जाल्पा प्रावी थियो त्यसलाई निमावी हुदैँ मावी बनायौँ । ठुलासैनमा मालिका र पैयाँकोटमा कालिका आधारभुत बिद्यालयको स्थापना गर्यौँ । यातायातको क्षेत्रमा हामीलाई प्राप्त श्रोत साधानले सड्क र गोरेटो बाटो निर्माण गर्यौँ । हामीले गरेका कामहरु त्यो जनताका बिचमा अहिले पनि छर्लगं छ ।

अछाम क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनिधीहरुको माया प्राप्त गर्न सकेमा म पार्टी र जनताका लागि सर्मपित भएर काम गर्नेछु । जिल्लाको नेृतत्व गर्ने सन्र्दभमा पनि पार्टीका अग्रज नेताहरु, समकक्षी साथिहरु संग सल्लाह गरेर सबैले आवश्यक्ता महसुस गर्नुभयो र दुबै क्षेत्रका साथिहरुको मन जित्न सफल भएँ भने म कांग्रेस अछामको नेतृत्व लिन पछि हट्ने छैन् ।

पार्टीको क्षेत्रिय सचिव हुदैँ जिल्ला सचिव सम्मको भुमिकामा रहँदा यहाँले पार्टी र संगठन निर्माणका लागि के के काम गर्नुभयो ?

नेपाली कांग्रेसको ८ आँै महाधिबेशन पछि म पार्टीमा कुनै न कुनै भुमिका मार्फत सक्रिय भएर लागेको छु । मेरो पहिलो प्राथमिक्ता जहिले पनि पार्टीको संगठन विस्तार गर्न मै केन्द्रित रह्यो । पार्टीलाई बिद्यान सम्बत संचालन गरी पार्टी बलियो बनाउने, संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउने मेरो संकल्पलाई अहिले पनि त्यही रुपले अघि बढीरहेको छु । पार्टीको होल टाईमरको रुपमा कार्यरत छु । आफ्नो व्यक्तीगत कामलाई प्राथमिक्ता दिएको छैन् । म निरन्तर पार्टीको काममा खटिएको छु । पार्टीका साथिलाई र जनताका पिरमर्कामा साथ दिएको छु । अन्यायका बिरुद्ध लड्ने, पार्टीमा साथिहरुका कमिकम्जोरी सुधार गर्ने, कार्यकर्तालाई सक्रिय बनाउने र न्याय दिने काममा लागिरहेको छु ।

८ औँ महाधिबेशन देखि १४ औँ महाधिबेशनको संघारमा आईपुग्दा पनि अछामबाट केन्द्रिय नेतृत्वमा कोही पुग्न सकेको छैन् । अब हामीले केन्द्रसम्म पनि पुहँच सृजना गर्नुपर्दछ । केन्द्रबाट अवसर प्रदान गर्ने कुरामा पनि अछामलाई अवमुल्यन भयोकी भन्ने हामीलाई लागेको छ । अब अछामको नेतृत्वले पनि केन्द्रकै मुख नताकेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गरेर नेतृत्वमा जाने हिम्मत राख्नुपर्दछ ।

२०३६ साल देखि राजनितिक यात्रा प्रारम्भ गरे भन्नुभयो, यो अवधिमा केके उपलब्धी भए जस्तो लाग्छ ?

म राजनितिमा समाबेश भईसकेपछि कुनै चिज प्राप्त गर्छु भनेर लागेको थिएन् । म बिशुद्ध समाजसेवा गर्ने उद्देश्यले राजनितिमा प्रबेश गरेको हुँ । र अहिले पनि जे प्राप्त भएको छ मलाई त्यसमा मलाई कुनै आत्म ग्लानी छैन । मैले के प्राप्त गरे भन्दा पनि मैले पार्टीलाई कति योग्दान गरे भन्ने कुराले मलाई पिरोली रहेको हुन्छ । त्यसपछि अहिले म पार्टीको नेतृत्वको भुमिका छु, मैले यो पदमा रहदैँ गर्दा पार्टीका लागि के दिन सके भन्ने चिन्ता र चाँसो म मा भईरहन्छ ।

पार्टीको संस्थागत निर्णयका बिरुद्धमा जाने जो सुकै नेता कार्यकर्ता होस् त्यसलाई कार्यकर्ताले मुल्यांकन र चिन्ने अवसर पनि महाधिबेशन हो । पार्टीको हित बिपरित काम गर्ने, बिधान मिचेर काम गर्ने र पार्टीको अनुशासनमा नबस्ने जो सकै तहको नेता होस् त्यसलाई यो महाधिबेशनमा क्षेत्रिय प्रतिनिधी साथिहरुले समिक्षा गरेर अघि बढ्नु हुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।

कुनैपनि व्यक्तीलाई राजनितिमा सक्रिय भएपछि एउटा आत्मसम्मानका भएपनि कुनै न कुनै पदमा स्थान दिओस् भन्ने हरेकको चाहाना हुन्छ त्यो भुमिकामा पार्टीले यहाँलाई मुल्यांकन गर्न सकेन की, तपाई अग्रसर हुनु भएन ?

कांग्रेस पार्टी बृहत पार्टी हो । यसभित्र म भन्दा पनि धेरै योग्दान गरेका व्यक्ती छन् । कतिपय नेताको ठुलो योग्दान छ, उनिहरुले मेरो जत्तिको पनि भुमिका पाएका छैनन् । म भन्दा पनि सिनियर मान्छेलाई पनि भुमिका दिनुपर्छ भने संगसंगै पछाडीको युवा पिडिलाई नेतृत्वमा ल्याउनु पर्छ र अवसर दिनुपर्छ भन्ने मान्यता मैले राख्द्छु । समय परिस्थीतीले कतिपयले प्राप्त गर्छन् कतिपयले गर्दैनन् त्यो आफ्नो ठाँउमा रह्यो ।

कांग्रेस १४ औँ महाधिबेशनको सेरोफेरोमा छ, तपाईले पनि आफुलाई महाधिबेशन प्रतिनिधीका रुपमा अघि सार्नु भएको छ, तपाईको उम्मेद्धारी भोट हाल्नका लागि की के का लागि ?

सबैभन्दा पहिले त म अहिले पनि कांग्रेस अछामको जिल्ला सचिवको भुमिकामा छु । मेरो पहिलो प्राथमिक्ता नेपाली कांग्रेस अछामलाई शक्तीशाली पार्टीको रुपमा कसरी स्थापित गर्ने भन्ने बिषयमै म केन्द्रित छ । यहाँलाई थाह छ, पार्टीको महाधिबेशन ४ बर्षमा एक पटक आँउछ । त्यो महाधिबेशन पार्टीको एउटा पर्व हो । त्यो पर्वले नयाँ नेतृत्व चयन देखि नयाँ संगठन निर्माण गर्छ र पाँच बर्षका लागि नयाँ निति र कार्यक्रम तय गर्छ । अहिलेको १४ औँ महाधिबेशन सम्पन्न गर्ने शिलशिलामा मेरो प्रथामिक्ता अछामको वडा देखि जिल्ला सम्मको नेृतत्व सक्षम नेतृत्व कसरी चयन गर्ने र क्षमता भएको प्रतिभा जो लुकेर बसेको छ जसले अवसर प्राप्त गरेको छैन् त्यसलाई कसरी उजागर गरी पार्टीको नेतृत्वमा ल्याउने भन्ने बिषयमा म केन्द्रित छु ।

हाम्रो ९१ मध्ये ९० वडा र १० पालिका मध्ये ७ मा सर्वसम्मत र बाँकीमा आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व चयन भएको छ । मेरो अर्को प्राथमिक्ता अब बाँकी रहेको प्रदेशसभा, क्षेत्रिय र जिल्ला अधिबेशनार्य कसरी सर्बसम्मत, सहमती र एकताका माध्यमबाट सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा बढी केन्द्रित हुनेछु । संगसंगै क्षेत्रिय अधिबेशन सम्पन्न हुने शिलशिलामा मैले आफुलाई महाधिबेशन प्रतिनिधीका रुपमा प्रस्तुत गरेको छु । अछाम क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनिधीहरुको माया प्राप्त गर्न सकेमा म पार्टी र जनताका लागि सर्मपित भएर काम गर्नेछु । र जिल्लाको नेृतत्व गर्ने सन्र्दभमा पनि पार्टीका अग्रज नेताहरु, समकक्षी साथिहरु संग सल्लाह गरेर सबैले आवश्यक्ता महसुस गर्नुभयो र दुबै क्षेत्रका साथिहरुले मन जित्न सफल भएँ भने म पार्टीको जिल्लाको नेतृत्व लिन पछि हट्ने छैन् ।

राजनितिमा लागेर मैले के प्राप्त गरे भन्दा पनि मैले पार्टीलाई कति योग्दान गरे भन्ने कुराले मलाई पिरोली रहेको हुन्छ । मैले पार्टीका लागि के दिन सके भन्ने चिन्ता र चाँसो म मा सधैँ भईरहन्छ ।

पार्टी भित्र नेताको अन्तरबिरोध र अन्तरघातका कारण कांग्रेसले आम निर्वाचनमा हार व्यहोरिरहेको भन्ने सुनिन्छ, यसको अन्त्यका लागि तपाईले अब कस्तो भुमिका खेल्नु हुन्छ ।

निश्चित रुपमा हाम्रो पार्टीको गाँउ देखि केन्द्र सम्म यो एक समस्याका रुपमा रहेको छ । यसले संस्थागत रुपमा अघि बढ्न दिएको छैन् । संस्थाले गरेको निर्णयमा कुनै एक व्यक्तीले बिमती राख्ने कुरा त छदैछ् । तर सम्रग संस्थालाई नै समस्या बनाउने गरी व्यक्तीले पनि आफ्ना ईच्छा संगै गतिबिधी गर्ने गरेका छन् । त्यसमा कार्यकर्ता साथिहरु लाग्ने रोग कांग्रेसमा छ । यसको निदान गर्नका लागि पार्टी भित्रै व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने, त्यो बेला नसमेटिएका कुरा पछि समेटिने गरी संस्थागत रुपमा आएको निर्णयलाई कार्यान्वयन गर्न अघि बढ्नु पर्छ । तर केही साथिहरु संस्थागत निर्णय नमानेर व्यक्तीगत ईच्छा अनुसार संस्थालाई अप्ठेरो पार्न गतिबिधीमा संलग्न छन् । त्यस्ता नेता कार्यकर्तालाई मुल्यांकन गर्ने बेला पनि यहि हो । त्यसलै म सबै नेता कायकर्तालाई आग्रह गर्न चाहान्छु की पार्टीको संस्थागत निर्णयका बिरुद्धमा जाने जो सुकै नेता कार्यकर्ता होस् त्यसलाई कार्यकर्ताले चिन्न सक्नुपर्दछ । पार्टीलाई अहित गर्ने, पार्टीको हित बिपरित का मगर्ने, बिधान मिचेर काम गर्ने र पार्टीको अनुशासनमा नबस्ने जो सकै तहको नेता होस् त्यसलाई यो महाधिबेशनमा क्षेत्रिय प्रतिनिधी साथिहरुले समिक्षा गरेर अघि बढ्नु हुनेछ भन्ने मेरो आग्रह छ ।

अछामबाट एकजना नेता पनि केन्द्रिय तहमा पुग्न सकेको छैनन् ? हरेक महाधिबेशनमा नेतृत्व तहकै नेताहरु जाने तर भोट हाल्न मात्रै, अछामका नेताहरुको पहुँच नभएर को ही अग्रसर नभएर हो ?

८ औँ महाधिबेशन देखि १४ औँ महाधिबेशनको संघारमा आईपुग्दा पनि अछाम जिल्लाबाट केन्द्रिय नेतृत्वमा कोही पुग्न सकेको छैन् । अब हामीले केन्द्रसम्म पनि पुहँच सृजना गर्नुपर्दछ र त्यसका लागि नेतृत्वलाई अगाडी सार्नुपर्दछ । केन्द्रबाट अवसर प्रदान गर्ने कुरामा अछामलाई अवमुल्यन भएको भन्ने हामीलाई लागेको छ । बारम्बार केन्द्रिय नेतृत्वलाई भन्ने गरेका छौँ । अछामको कांग्रेसको योग्दान अरु जिल्लाको भन्दा कम छैन् । अछाम जिल्लाको प्रभाव कैलाली, कञ्चनपुर, डोटी, बाजुरा सम्म पनि छ । अछामको नेतृत्वले पनि अब केन्द्रकै मुख नताकेर आफ्नो योग्यता र क्षमता पर्दशन गरेर नेतृत्वमा जाने हिम्मत राख्नुपर्दछ ।

९१ वटै वडाबाट युवाहरुको सहभागीता उल्लेख रुपमा आएको छ, कांग्रेस अछामका लागि यो अत्यन्तै सुख्द पक्ष हो । यो महाधिबेशन सम्म मात्रै सिमित नरहेर युवाहरु निरन्तर हरेक क्षेत्रको नेतृत्वमा अगाडी आउन अग्रसर हुनुपर्दछ ।

कांग्रेस अछामका सम्पन्न वडा र पालिका अधिबेशनबाट महिला र दलितको नेतृत्व खास्सै देखिएन, आगामी प्रदेश, क्षेत्र र जिल्ला अधिबेशनमा दलित र महिलालाई अघि सार्न यहाँले कस्तो भुमिका खेल्नु हुन्छ ?

पार्टीका वडा र पालिकामा जति संख्यामा महिला र दलितको सहभागीता रह्यो त्यो प्रयाप्त होईन् । बिगतका अधिबेशनको तुलनामा केही उल्लेख अग्रसरता देखिए पनि अझै पनि धेरै ठाँउमा औपचारिक्ता पुरा गर्ने, संख्या पुर्याउने हिसाबले मात्रै समाबेश भएको देखिन्छ । नेृतत्व स्थापित गर्नका लागि उनिहरु पनि स्वतफूर्त रुपमा अगाढी आउने र हामीले मद्धत गर्ने हो । उनिहरुले क्षमता प्रर्दशन गरेमा हाम्रो साथ र सहयोग त रहन्छ । आगामी दिनमा कांग्रेसले निति र कार्यक्रम नै अघि सार्नुपर्छ कि कुनै एक ठाँउमा मात्रै नभएर दलित, महिला र युवाहरुको नेतृत्व ससक्त ढंगले आउन जरुरी छ । त्यसमा कांग्रेस अछाम लाग्नुपर्दछ ।

अबको कांग्रेस सफल, सामुहिक नेतृत्व प्रदान गर्न सक्ने, जुनसुकै समस्या र चुनौतीको सामाना गर्न सक्ने कांग्रेस हुनुपर्दछ । सबै अछामी जनताले अपनत्व ग्रहण गर्न सक्ने कांग्रेस निर्माण गरेर युवा, महिला, दलित र जनजातिको कांग्रेस बन्न जरुरी छ ।

पछिल्लो समय कांग्रेसमा युवाको सक्रियता बढेको छ, यसलाई कसरी हेर्नु भएको छ ?

१४ औँ महाधिबेशन अन्र्तगत वडा अधिबेशन सम्पन्न भएपछि ९१ वटै वडाबाट युवाहरुको सहभागीता उल्लेख रुपमा आएको छ, कांग्रेस अछामका लागि यो अत्यन्तै सुख्द पक्ष हो । यो महाधिबेशन सम्म मात्रै सिमित नरहेर युवाहरु निरन्तर हरेक क्षेत्रको नेतृत्वमा अगाडी आउनका लागि अग्रसर हुनुपर्दछ । युवाहरुलाई अवसर प्रदान गर्ने कुरामा पनि हामीले भुमिका निर्वाह गर्नुपर्दछ ।

पार्टीका वडा र पालिकामा जति संख्यामा महिला र दलितको सहभागीता रह्यो त्यो प्रयाप्त होईन् । नेृतत्व स्थापित गर्नका लागि उनिहरु पनि स्वतफूर्त रुपमा अगाडी आउने र हामीले मद्धत गर्ने हो । उनिहरुले क्षमता प्रर्दशन गरेमा हाम्रो साथ र सहयोग रहन्छ । यसबिषयमा कांग्रेसले निति र कार्यक्रम नै अघि सार्नुपर्दछ ।

१४ औँ महाधिबेशन पछि सम्रग अछामको कांग्रेस अब कस्तो हुनुपर्ला ?

अबको कांग्रेस सफल, सामुहिक नेतृत्व प्रदान गर्न सक्ने र आवश्यक्ता परेमा जुनसुकै समस्या र चुनौतीको सामाना गर्न सक्ने कांग्रेस हुनुपर्दछ । अबको अछाम कांग्रेस युवाको, महिलाको, दलित र जनजातिको कांग्रेस बन्न जरुरी छ । सबै अछामी जनताको, सबैले अपनत्व ग्रहण गर्न सक्ने कांग्रेस निर्माण गरेर पार्टी भित्रका समस्यालाई बिधान अंगिकार गरेर अघि बढाउन सक्ने कांग्रेस बनाउनु पर्छ । अबको जिल्ला अधिबेशन सम्पन्न गर्ने शिलशिलामा सबै क्षेत्रिय प्रतिनिधीले व्यापक आत्म समिक्षा गरेर कांग्रेस पार्टीलाई अनुशासित, शक्तीशाली र जनताको पार्टी कसरी स्थापित गर्ने भन्ने बिषयमा केन्द्रित भएर नेतृत्वको चयन गर्न जरुरी छ, त्यसकारण सबै नेता कार्यकर्ता साथिहरुले यहि दिशामा अघि बढ्का लागि आग्रह गर्न चाहान्छु ।