काठमाडौं - नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहाने सर्वसाधारणका लागि लागि चिकित्सकको सूची प्रकाशन गरेको छ। समाजले कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य संस्थाहरुमा हुने चाप र जोखिम न्यूनिकरण गर्ने उद्देश्यले यो व्यवस्था सुरु गरेको हो। “अहिले मुलुकका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी छ,” समाजका कार्यवाहक अध्यक्ष डा आभाष आचार्यले भने, “बिरामीलाई…