काठमाडौं - गर्भावस्था एक संवेदनशील अवस्था हो। शारीरिक र मानसिक ?पमा महिलालाई विशेष हेरचाहको आवश्यक पर्छ। यो अवस्थामा गरिने सानो हेलचक्र्याईले पनि गर्भपतनदेखि महिलाको ज्यान जोखिम पर्ने खतरा हुन्छ। गर्भावस्थामा देखिने विभिन्न समस्यामध्ये रक्तश्राव हुनु पनि एक हो। गर्भधारण भइसकेपछि कतिपय महिलाहरुमा रक्तश्रावको समस्या देखिने गरेको छ। चिकित्सकका अनुसार गर्भवती भइसकेपछि रक्तश्राव हुनु राम्रो लक्षण होइन। …