रबिन्द्र सुबेदी, काठमाडौं – संगीतकार एवम् गायक नारायण रायमाझीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेका गीतमा धुन भर्ने वर्षाैंदेखिकाे धोको थियो। एउटा कार्यक्रममा भेट भएका बेला रायमाझीले त्यो सपना सुनाइहाले। कविवर घिमिरेले जोसुकैलाई हतपती आफ्ना गीत दिँदैनथे। लोकसंगीतका क्षेत्रमा चर्चा कमाइ सकेका रायमाझी भने भाग्यमानी ठहरिए। कविवरले नाइँ भन्न सकेनन्। तर, एउटा सर्त राखे– संगीत मलाई मन परेन भने…