मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउडा गितमा रमाएका – कडायत

देउडा गितमा रमाएका – कडायत


ओढ्ने साइको लालपाखिया ओछ्याउने दरिया
हट्टैन कोरोना भाइरस नाइ कठै बरिया ।

कहिकाहीँ गोरु दागदारिमेँ कहिकाही गोरु माले
कुल बहादुर घिसिङका जस्तो काम गर्नु नेताले ।

कोहि जुवाले सत्यनास छन कोहि जाडरक्सी पिन्छन
ताराइ टिपिइ ल्याउछु भन्ने पीडा मात्र दिन्छन ।

पहिल्य त हाम्रै हो भन्थे टिस्टा-काँकड किल्ला ।
घुम्नलाई आइजानु होला सुदुरका नौ जिल्ला

पाटन लाएका भैँसि जाँ पो चरौ चरौ
धोका दिई पराइ हुने राँ’डको पोइ म’रौ।

धन हेर्नेलाई स्वार्थी भन्छन, रुप हेर्ने पापी हो
साथदिनेको ब्यबहारले नै दिलमा नाम छापियो ।

जहाँ बुडोमाहल हो मेरो ह्वाँइ सालिको घर छ
रुपरंङ धनसम्पती हैन व्यवहार हेर्नू पर्छ ।

गाइलाई बान्नु गाइगलेओँ बाख्रा हुल्ने खोर
घर आउने जीवन साथी फोन गर्ने चोर ।

मैले सम्झे फोन गर्छु सुवा सम्झे रुने
गोलि भन्दा बोली तातो हृदयलाई छुने ।

आगा बाल्नु पानी हाल्नु सततर साल भयो
नियम कानुन नभएको कस्तो नेपाल भयो ।

कोहि कोहि मरे कोरोनाले कोहि मरे बाढीले
नारिलाई सुन्दरता दिन्छ फुलबुट्टे सारिले ।

जिन्दगीको आधा भैगो देउडा गित गाउनाले
गुन्यु चोली हराइगयो सुरुवाल लाउनाले ।

तेँ पन भएको होला कहाँ जाउ र के गरु
भोलि धोका दिने भए नभन्नु ब्यँ गरु ।

राजा भात खादैन भन्दो पिल्ते थालमनी
नलागौ बैरिको आखो मेरा मालमनी ।

कर्णाली बालुवो बग्दो भेरी बग्दो फिन
अब कहिल्य आउने होलान गरिबका दिन ।

को नेता कस्तो हो भन्ने थाहा होला मर्नेलाई
बिकासै नगर्न दिनु पक्षपात गर्नेलाई ।

हासो राम्डो भिनाजुको दात राम्डा सालिका
वर मागुकि भिक्षा मागु माँ बडिमालिका ।

काख बाला टाट माला अमृत खुवाउनेलाई
जिबनभर औसिकै रात होउ आत्मा रुवाउनेलाई ।

औसधि काँ पाइने होला सोङरडी कटाउने
नेपालको भ्रष्टाचारलाई कसरी हटाउने ।

काशाको कटौरा फुट्यो, बैशाकी धुपले
गुण व्यबहारै छैन भने के गर्नु रुपले ।

बत्तिस लक्षणकी पाए एक साथी खोजुला
सुखिको देश डुलिकन दुखिलाइ रोजुला ।

एक्लो जीवन साथी खोज्ने म हैन कर्म हो
दुखिलाई सहारा दिने त्यो मेरो धर्म हो ।

बाजकली पुर्बकी मान्छे म पश्चिम तराइको
व्यबहारले मन जितेपछी हुदैन पराइको ।

घरको आगनमा गित गाउँदै गरेका राम – तस्विर : दिनेश केशी

सर्जक : राम बहादुर कडायत
सम्पर्क ९८४८३४८११०
ठेगना पन्चदेवल बिनायक नपा-५ लयाँटी, अछाम