काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तुलगायतका फोहर बाल्न रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न नपाउने भन्दै बालेको पाइएमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ । चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको पनि विभागले जनाएको…