देश

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं: नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ । उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछामको मंगलसैनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा (तस्विरहरु)
अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा
दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल