मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा नक्सापास विपरीत पसलहरु हटाउन सुरु (भिडियो)

काठमाडौंमा नक्सापास विपरीत पसलहरु हटाउन सुरु (भिडियो)


काठमाडौं: काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ ।

नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको बिपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह काठमाडौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन पसल हटाउन सुरु गरेका थिए।


भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएपनि त्यस बिपरितको कार्य भएको महानगरले जनाएको छ । प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनले अन्य स्थानमा पनि प्रयोजन बिपरित राखिएका पसलहरु हटाउने बताउए । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारिहरुले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस

https://fb.watch/f2_tZB6c-U/