मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोर व्यवस्थापनमा चुनौती: प्रदेश र केन्द्र सरकार संग महानगरको गुहार (भिडियो)

फोहोर व्यवस्थापनमा चुनौती: प्रदेश र केन्द्र सरकार संग महानगरको गुहार (भिडियो)


फोहोर व्यवस्थापन हुन नसक्दा प्रत्येक दिन दुर्गन्ध थपिँदै


काठमाडौं:राजधानीमा फोहोर व्यवस्थापन हुन नसक्दा प्रत्येक दिन दुर्गन्ध थपिँदै गएको छ । एकातिर महामारीको संक्रमणकाल छ भने अर्कातिर प्रतिदिन काठमाडौंका मुख्य ठाउँहरुमा जम्मा हुँदै गरेको फोहोरले उपत्यकाको पर्यावरणनै दुर्गन्धित बन्दै गएको छ ।
संसद भवनकै गेट अगाडि पछाडि तथा कम्पाउण्डमै फोहोरको थुप्राई बढ्दै गएको पाइएको छ ।


फोहोर व्यवस्थापनमा सम्बन्धित निकायलाई चुनौती थपिएको छ भने थुप्रिदै गएको दुर्गन्धले सडकको छेउछाउमा मानिसहरुको आवागमनमा समेत सास्ती भएको राजधानी बासीहरुले गुनासो गर्ने गरेका छन ।
पूर्व मेची दखि पश्चिम महाकाली सम्मका मानिसहरुको व्यवसायीक बसोवास तथा जीविकोपार्जन गर्ने मेरुदण्डको रुपमा लिएको काठमाडौंनै दिनप्रतिदिन प्रदूषित भैरहँदा समेत सरकारले चाँसो नदेखाएको प्रति विभिन्न सामाजिक अभियान्ताहरु आाक्रोशीत भएका छन ।


एक समय फोहोरको थुप्रो भित्र आफै पसि व्यवस्थापनमा जुटेका कान्छा अभियान्ता सुदूरपश्चिमका कपिल खनालले पनि सफा काठमाडौंको महाअभियान फेरि थालनी गर्नु पर्ने आावश्यकता औंल्याएका छन ।


यता स्थानीय सरकारको रुपमा रहेको काठमाण्डौ महानगरपालिकाले भने फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र केन्द्रीय सरकारले जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै गुहार मागीरहेको छ ।


यस्तो अवस्थामा काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको विषयमा कसरी काम गर्दै छ, फोहोर किन उठ्न सकेन र भोलिका दिनहरूमा नगरपालिकाले कसरी काम गर्छ भन्ने विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग हामीले कुराकानी गर्दा स्थानीय तह संग भएको भबजेट अपुग हुने भन्दै तीन वटै सरकार जिम्मेवार बन्नु पर्ने प्रवक्ता मानन्धरले बताए ।

संसद भवनकै गेट अगाडि पछाडि तथा कम्पाउण्डमै फोहोरको थुप्रो हर्नुहोस यो भिडियो